२०८३ कार्तिक १२ गते बुधबार

बेलायतको नयाँ प्रधानमन्त्री बने लेबरका स्टार्मर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २१
starmer

लन्डन- बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ। लेबर पार्टीले सरकार बनाउन आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको हो।

किअर स्टारमरको नेतृत्वमा लेबर पार्टीले १९९७ पछिकै सबैभन्दा ठूलो विजय हासिल गरेको हो।

लेबरले हालसम्म ४१२ सिट जितिसकेको छ भने वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले १२१ सिट मात्र जित्न सफल भएको छ। यद्यपि थप २ सिटको नतिजा आउन बाँकी छ।

अघिल्लो चुनावमा भन्दा यसपालि लेबरले थप २११ सिटमा जित हासिल गरेको छ। कन्जरभेटिभले २५० सिट गुमाएको छ।

योसँगै लेबर पार्टीका कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्।  पक्का भएको छ। स्टार्मर सन् २०२० मा जेरेमी कोर्बिनलाई पछि पार्दै लेबर पार्टीका नेता चुनिएका थिए।

एक्जिट पोलले बेलायतका कुल ६५० सिटमध्ये लेबरले ४१० सिट जित्ने देखाएको थियो। कन्जरभेटिभ पार्टीले १३१ सिटमा अग्रता लिने बताएको थियो। तर उक्त संख्यामा पनि उसले सिट नपुर्‍याउने निश्चित भएको छ।

कन्जरभेटिभ पार्टीले १३१ सिट नपुर्याउने भएकाले यो उसका लागि अहिलेसम्मकै सबैभन्दा नराम्रो हार बनेको छ।

सन् २०१९मा कन्जरभेटिभ पार्टीले ६५० सिटमध्ये ३६४ सिट जितेको थियो। उक्त पार्टीबाट बोरिस जोनसन प्रधानमन्त्री बने। उनले अघिल्लो पटकको भन्दा ४७ सिट बढाएका थिए। तर यसपटक अवस्था ठिक उल्टो बन्यो।

२०१९ को चुनावमा विपक्षी लेबर पार्टीको सिट संख्या घटेको थियो।

लेबर पार्टीले ३० वर्षअघि अर्थात १९९७ मा अहिलेसम्मकै ठूलो जित हासिल गरेको थियो। तत्कालीन लेबर पार्टीका नेता टोनी ब्लेयर थिए र ४१९ सिट जितेका थिए भने कन्जरभेटिभहरू १६५ सिटमा सीमित थिए।

यस चुनावमा तेस्रो स्थानमा लिबरल डेमोक्र्याट छ। जसले ७१ सिटमा जित हासिल गरेको छ।

चुनावमा आफ्नो दलले लज्जास्पद हार खेपेपछि बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले राजीनामा दिएका छन्। हारको जिम्मेवारी आफूले लिने पनि उनले दिएको राजीनामा वक्तव्यमा उल्लेख छ।

उनले लेबर नेता कियर स्टाररलाई विजयी भएकोमा बधाई पनि दिएका छन्। उनले भनेका छन्, ‘बेलायतका जनताले सम्मानजनक फैसला दिएका छन्। धेरै धेरै सिक्न आवश्यक छ। म हारको जिम्मेवारी लिन्छु।’

ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिट कायमै राखेका छन्। आफ्नो सिटमा जितेपछि उनले भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। म स्टार्मरलाई बधाई दिन्छु।’

कन्जरभेटिभ नेताहरूले चुनावमा कमजोर प्रदर्शनको लागि आफ्नो पार्टीको खुलेर आलोचना गरिरहेका छन्।

४४ वर्षीय ऋषि सुनक सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका थिए।

ऋषिका आमाबाबु भारतीय मूलका हुन् र उनी बेलायतको पहिलो अश्वेत प्रधानमन्त्री बनेका थिए।

प्रकाशित: २०८१ असार २१ गते शुक्रबार ०६:०५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना