२०८३ कार्तिक १३ गते बिहिबार

अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेस कठोर बन्न तयार छ : सहमहामन्त्री पाण्डे

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २०
badri

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा मनोहरा जेसीजले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै सहमहामन्त्री पाण्डेले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्न विभिन्न हतकण्डा भइरहेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने बताए।

‘आजको राजनीतिक उपलब्धी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो। यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ। स्वतन्त्रताविरुद्ध उभिनेहरुको कांग्रेसले कडा प्रतिवाद गर्छ,’ उनले भने। पाण्डेले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने कानून बन्न नदिन कांग्रेसले सरकार, सदन र सडकबाट समेत खबरदारी गर्ने बताए।

अन्तर्क्रियामा कांग्रेस युवा नेता एवं सांसद राजेन्द्र बजगाईंले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध थालिएका प्रयत्नको प्रतिवाद गर्न नेपाली प्रेस जगत सक्षम रहेको बताए। ‘नेपालको सञ्चार क्षेत्र त्यति कमजोर छ भन्ने लाग्दैन। अभिव्यक्ति स्वतन्त्रताविरुद्ध उभिनेलाई नेपाली सञ्चार क्षेत्रले नै निस्तेज पार्नेछ। त्यसमा सांसदको रुपमा हाम्रो साथ रहनेछ,’ बजगाईंले भने।

कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले तीन तहको निर्वाचन सम्पन्न भएलगत्तै लोकतान्त्रिक अधिकार सुदृढ हुनुपर्नेमा उल्टै अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढेको बताएका थिए। अभिव्यक्ति स्वतन्त्रता मिडियाको मात्रै नभई नागरिकको अधिकार भएको चेतना सबै नागरिकसम्म पुर्‍याउन अपरिहार्य भएको बताए।

कार्यक्रममा नेपाल जेसिजकी कार्यकारिणी उपाध्यक्ष रजनी थापा, उपाध्यक्ष अनुप सुनुवार र मनोहरा जेसीजका अध्यक्ष सुजिनप्रकाश थापा लगायतले अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यताबारे युवाहरुलाई सचेत गराउन जरुरी रहेकोमा जोड दिएका थिए।

प्रकाशित: २०८० बैशाख २० गते बुधबार ०९:१७
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना