२०८३ कार्तिक १३ गते बिहिबार

कहाँ गयो तीजको मौलिकता, किन विवादित हुन्छन् गीतहरु ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
sf

गण्डकी- राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार गर्‍यो। तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ। तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले बुधबार विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी उनले आगामी दिनमा शब्द र सङ्गीत छनोट गरेर गाउने जनाएकी छन्। विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन्। यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भयो। यसवर्ष पनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन्। तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीतका मर्मत चिन्तित छन्। पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताइन्। “नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उनले भनिन्, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरू लागि परेका छन्।” अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीज गीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको बताइन्।

“मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकारहरू हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्”, उनले भनिन्, “तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्यूज पनि कम छ।” लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न आफूहरूले पहल गरेपनि स्वयं सर्जकरकलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुने उनको भनाइ छ। उनले उच्छृङ्खल गीत र तिनका चल दृश्यलाई समाजले पनि नकार्नुपर्ने अध्यक्ष थापा मगरले बताइन्।

तीज गीत महिलाले मात्र गाइने भनेर चिनिए पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन्। लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको बताए। उनले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने बताबताए। “पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नुहुँदैन”, उनले भने, “तीज गीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनुहुँदैन।”

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्लो समय तीज गीतको विषयवस्तु र शैली भड्किलो बनेको बताइन्। मौलिक संस्कृतिसँग जोडिएको तीज गीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नतर्फ लागेको उनको भनाइ छ। “तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ”, कोइरालाले भनिन्, “तीज पर्व मान्नै शैली पनि बदलियो, आधुनिकताको मारमा हाम्रो मौलिक संस्कृति परिरहेको छ।”

तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ। तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ। “तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,” उनले भनिन्।

कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरिन्। लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भनिन्, “महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, तीजका गीतले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ।”

उनका अनुसार पहिलेपहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे। अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ। पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको पाइन्छ। तीज गीतमा विशेष गरि नारी मुक्तिको आवाज मुखरित हुने गर्थ्यो।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको सङ्गीतकर्मीहरु बताउँछन्। तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको बिम्व हराइसकेको छ। युवायुवतीबीच हुने प्रेमको हलुका विषयले तीज गीतमा ठाउँ लिएको छ।

‘भातै र खाम्ला जेठो बुढो धानैको, तरकारी खाम्ला गाबा बरि लै
लिन र आए भेट्न आए मेरा दाजै, बिर्साइदिए आमा बरिलै…।’

अब के यस्ता तीज गीतको युग सकिएकै हो त ?

प्रकाशित: २०८१ साउन १७ गते बिहिबार ०८:४५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना