२०८३ कार्तिक ११ गते मङ्गलबार

‘प्रेसर कुकर’ जसरी पड्किएको प्रदर्शनले पल्टाइदियो शक्तिशाली हसिनाको सत्ता

 |  बीबीसी
Sanket

बीबीसी

काठमाडौँ, साउन २१
bang

ढाका- हिंस्रक प्रदर्शनका बीच शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले आफ्नी बहिनीलाई लिएर देश छाडेकी छन्। उनी सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्री थिइन्।

हसिनाले पछिल्ला १६ वर्षमा बंगलादेशलाई गरिबीबाट बाहिर निकालेको केही मानिसहरूको जिकिर छ। केहीका लागि भने बंगलादेशले आज गरेको प्रगतिको मुख्य श्रेय हसिनालाई दिन्छन्। जानकारहरूका अनुसार बंगलादेशको यो प्रगति हसिनामा लगातार बढिरहेको तानाशाही शासनका बाबजुद भएको हो। यद्यपि उनको स्थिति अहिले जति कमजोर छ, त्यस्तो यसअघि कहिल्यै थिएन। विद्यार्थीहरुले गरेको प्रदर्शन, देशभरमा बढेको व्यापक असन्तोष र हिंसाका कारण हसिनाले देश छाड्नुपर्ने अवस्था निम्त्याउन पुगेको छ।

बंगलादेशको सरकारले प्रदर्शनलाई रोक्ने प्रयास गर्‍यो। तर प्रदर्शनकारी पछि हट्न तयार थिएनन्। यही दबाबका कारण अन्ततः हसिनाले राजीनामा दिएर देश छाड्नुपर्‍यो।

के विद्यार्थी आन्दोलनले ढालिदियो सरकार?
शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामासमेत दिएर देश छाडिन्। ठूलो संख्यामा प्रदर्शनकारी उनको निवासमा छिरे। शान्त तर मजबूद मानिएको हसिना देशका संस्थापक राष्ट्रपतिको छोरी हुन्। उनले यसअघि धेरै पटक ज्यान मार्ने गरी भएका हमला र संकटलाई चिर्दै अघि बढेकी थिइन्।

आफ्नो कार्यकालमा हसिना सरकारले सीमा सुरक्षा बलको हिंस्रक विद्रोहबाट समेत बचेको थियो। त्यो बेला ५७ सैन्य अधिकारी मारिएका थिए। उनले तीन वटा विवादित आमचुनाव पनि जितेकी थिइन्। ती चुनावलाई अन्तर्राष्ट्रिय समुदायले पनि आलोचना गरेका थिए। मानव अधिकार उल्लंघनको आरोप र विपक्षी दलले पटकपटक गरेको व्यापक प्रदर्शनको पनि उनले सामना गरिसकेकी छन्।

देशभरका विद्यार्थीको प्रदर्शनबाट सुरु भएको यो संकट उनको राजनीतिक जीवनको सबैभन्दा मुस्किल चुनौती सावित भयो। विद्यार्थीको प्रदर्शनमा विपक्षीको समेत समर्थन रह्यो। बंगलादेशको सर्वोच्च अदालतले विवादित कोटा व्यवस्थाको समाप्त गरेर विद्यार्थीको मुख्य माग सम्बोधन गरिदिएको थियो। तैपनि असन्तोष समाप्त भएन।

यो आन्दोलनमा तीन सय भन्दा धेरै विद्यार्थीको मृत्यु भएको छ। जबकी गत साता सरकारविरुद्ध सुरु भएको आन्दोलनमा हिंसा भड्कियो र धेरै संख्यामा मानिसको मृत्यु भयो।

‘प्रेसर कुकर’जस्तो हालत
ओस्लो युनिभर्सिटीसँग जोडिएका डा मुबसर हुसेनका अनुसार यो हालत एक दिनमा बनेको होइन। यो स्थिति प्रेसर कुकर विस्फोट भएजसरी विष्फोट भएको हो। हुसेनले एसियामा तानशाहमाथि गहन अध्ययन गरेका छन्।

हुसेनले बीबीसी बंगलासँग भनेका छन्, ‘याद राख्नुस्, हामी यस्तो देशको कुरा गरिरहेका छौं। जुन देशको प्रेस स्वतन्त्रता सूचकांक रुस भन्दा पनि तल छ। शेख हसिना र उनको पार्टी मुक्ति संग्रामले भावनाको अतिराजनीतिकरण गर्‍यो। हरेक वर्ष नागरिकलाई मताधिकारको मुख्य मानव अधिकारबाट वञ्चित गर्‍यो। र उनको सरकारको तानाशाही प्रवृत्तिले समाजको एउटा ठूलो वर्गलाई आक्रोशित गर्‍यो। दुर्भाग्यवश उनी पूरै देशको प्रधानमन्त्री बन्न सकिनन्। उनी एउटा समूहको मात्रै प्रधानमन्त्री बन्न पुगिन्।’ हुसेन पछिल्लो साता सुरु भएको आन्दोलनलगायतका घटनाक्रम अनौठो मान्दैनन्।

विद्यार्थीको आन्दोलन
बंगलादेशमा विद्यार्थीले सरकारी जागिरमा मुक्ति संग्रामका सेनानीको परिवारका लागि छुट्टाइएको ३० प्रतिशत आरक्षण समाप्त गर्नुपर्ने माग राख्दै विरोध सुरु गरेका थिए। यो आरक्षण सन् १९७१ को स्वतन्त्र संग्रामका सेनानीका परिवारका लागि लागू गरिएको थियो। उच्च अदालतले यो विवादित कोटा व्यवस्थालाई कायम राख्ने फैसला गरेपछि विद्यार्थीको आन्दोलन तीव्र बनेको थियो। सत्ताधारी दलका कार्यकार्ताले प्रदर्शनकारी माथि हमला गरे। त्यसपछि आन्दोलन थप उग्र बनेको थियो।

यद्यपि बंगलादेशको सर्वोच्च अदालतले यो कोटा व्यवस्थालाई करिब समाप्त गरिदिएको थियो। सरकारका महाधिवक्ताले सरकारले यो मुद्दा समाप्त गर्न चाहेको समाधन गर्न चाहेको संकेत गरेका थिए।

–बीबीसी

प्रकाशित: २०८१ साउन २१ गते सोमबार ०६:३६
Sanket

बीबीसी

बेलायतको लन्डनमा मुख्यालय भएको बीबीसीले विभिन्न भाषामा समाचार उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना