२०८३ कार्तिक १२ गते बुधबार

राजनीतिक शून्यतामा बंगलादेश, हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
bang

काठमाडाैँ-  बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीना दिइन्। हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ।

यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ।

सेनाप्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन्।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्।

बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए।

तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ।

यस अघि बंगलादेशमा कैयौँ पटक सैन्य कू भएको थियो। सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो।

पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।

युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई “शान्तिपूर्ण सत्ता हस्तान्तरण” गर्न आग्रह गरेको छ।

यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन।

हर्षोल्लास र हिंसा

सेन्टर फर पोलिसी डाइअलगका वरिष्ठ अर्थशास्त्री देवप्रिया भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताइन्।

उनका अनुसार हसिनाको राजीनामासँगै बंगलादेशमा अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ।

पदत्याग गर्दै हसिना विदेश पलायन भएको समाचारसँगै उत्साहित प्रदर्शनकारीहरूको भिड सोमवार प्रधानमन्त्री निवासमा प्रवेश गर्‍यो। केही व्यक्तिले त्यहाँ लुटपाट समेत गरेको विवरणहरू आएका छन्।
प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासबाट फर्निचरका सामग्री बोकेर निस्कँदै गरेका देखिएका थिए।

सोमवार अनियन्त्रित भिडले सरकारी कार्यालयहरूमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो।

प्रदर्शनकारीहरूले शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए।
सोमवार सहरभरि सेना र प्रहरी परिचालन भएका थिए। मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए।

सोमवारको हिंसामा पनि दर्जनौँ मानिसहरू मारिएको विवरण आए पनि हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ।

समाचारसंस्था एएफपीले कम्तीमा ६६ जना मारिएको जनाएको छ भने स्थानीय ढाका ट्रिब्यूनले १३५ जनासम्म मारिएको उल्लेख गरेको छ।

हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’

हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन्। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन्।

यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्ष देशकाे प्रधानमन्त्री भएर शासन गरेकी थिइन्।

हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन्।

हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए। अहिले उनी अमेरिकामा छन्।

उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत गरेकाे बीबीसीले उल्लेख गरेकाे छ। “आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको” देखेर हसिना दुःखित भएकी थिइन्।

“मलाई लाग्छ, अब सकियो। मेरो परिवार र हामीले धेरै खेप्यौँ,” हसिनाका छाेरालार्इ उदृत गर्दै बिबिसीले लेखेकाे छ।

उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, “उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो। उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो। यो गरिब देश थियो। आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो। उहाँ निकै दुःखित हुनुहुन्छ।”

प्रकाशित: २०८१ साउन २२ गते मङ्गलबार ०८:३९
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना