संखुवासभा- संखुवासभामा शुक्रबार सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सोही दुर्घटनामा परी घाइते भएका चार जनालाई जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। विक्रम शंकरलाई सुरुमा जिल्ला अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४ मा सिम्रुङटार हम्बरे भन्ने स्थानमा सिम्रिकको हेलिकोप्टर दुर्घटना परेको थियो। हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो।


