२०८३ कार्तिक १३ गते बिहिबार

अझै अन्धकारमा बाँचिरहेछ निसेलढोर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १
nisheldhor

ढोरपाटन– पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरका नागरिक अझै पनि अन्धकारमा बस्न बाध्य छन्। कारण, त्यहाँ अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन।

जिल्लाकै सबैभन्दा दुर्गमा मानिने यो ठाउँ नेपालको एकमात्र शिकार आरक्ष क्षेत्रसमेत पर्छ। विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो, टुकी बालेर रात बिताउन बाध्य छन्।

एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे। बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे। निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन्। बर्खाको समयमा यहाँ बसोबास गर्नेको सङ्ख्या दुई सय बढी घरपरिवार हुन्छन्। असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन्। पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको छ।

उनीहरू अहिले पनि अन्धकारमा बस्ने गरेका छन्। उनीहरुले उज्यालो खोजिरहेका छन्। ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले निकै आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमै छ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कममात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताए। गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाए। यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको हुँदा अहिले धेरैजसो स्थायी रुपमा बसोबास गर्न थालेको भन्दै राज्यको नजर नपुग्दा बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनको भनाइ छ।

विकले भने, ‘यो अलि बढी चिसो ठाउँ हो, यहाँ बसोबास गर्ने थालेको पुर्खादेखि रैछ, तर यतिका समयसम्म पनि बिजुली आएको छैन, हामी पनि यही देशका नागरिक हौँ, राज्यको नजर पुग्न सकेन, देश विदेशमा घटना हुन्छ, टेलिभिजन हेर्न रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने?, चार्ज गर्न पाइँदैन, एउटा मोबाइल चार्ज गर्न, दुई/तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो।’

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो पार्न निकै अप्ठ्यारो हुने बताए। पहिलेपहिले बजारबाट मट्टीतेल लिएर टुकी बाल्ने गरेको स्मरण गर्दै अहिले जताततै बिजुली पुगेपछि पाइन छोडेको उनको भनाइ छ।

नेताहरुलाई धेरै पटक बिजुलीको सुविधा ल्याई दिन माग गरेको भन्दै गत वर्ष केही ठाउँमा विद्युत् खम्बा गाडे पनि अहिले त्यो काम अलपत्र जस्तै भएको घर्ती बताउँछन्।

‘निसेलढोरको जनता त धेरैतिरबाट मारमा छौँ, वनमा गएर घाँस दाउरा ल्याउन पनि सिकार आरक्षले दिँदैन, रातमा बाल्ने सल्लाको दियालो काट्न पनि दिदैन, त्यतिमात्रै होइन खोलाको माछा मारेर खान पनि दिँदैन’, घर्तीले भने, ‘अहिलेसम्म जसोतसो बसिरहेका छौँ, पछिपछि त यहाँबाट पनि हटाउँछन् कि क्या हो, आफ्नो सुख, दुःख गरेर खान पनि मुस्किल छ, कहिले कहीँ बाहिरबाट मान्छे आइर बास बस्न खोज्छन्, अँध्यारोमा कसरी बस्नु हुन्छ भनेर जान्छन्, बिजुली आए पनि यो ठाउँको मुहार थोरै भए पनि फेरिने थियो।’

निसीखोला गाउँपालिका–५ का अध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्‍याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए। ढोरपाटन नगरपालिका–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्ने उनले बताए। गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकेको भन्दै यस वर्ष विद्युत् जसरी पनि बाल्ने लक्ष्य लिएको अध्यक्ष घर्तीमगर बताउँछन्।

यहाँका नागरिकलाई विद्युत्को पहुँचमा ल्याउनका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० विनियोजन गरेका हुँदा बर्खा सकिएलगत्तै काम सुरु गर्ने उनले बताए। लाइन निसेलढोर नजिकै रहेको आर्मी क्याम्पसम्म पुर्‍याइने अध्यक्ष घर्तीमगरले जानकारी दिए। रासस

प्रकाशित: २०८१ भदौ १ गते शनिवार ०७:०२
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना