२०८३ कार्तिक १३ गते बिहिबार

पुटिनले भेटे मंगोलियन समकक्षी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
putin_khurelsug

उलानबाटर- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियन समकक्षी उखनागिन खुरेलसुखसँग भेट गरेका छन्। मङ्गलबार उलानबटारमा दुवै देशका प्रमुखबीच भेट भएको हो।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उनको यो पहिलो भ्रमण हो।

आइसिसी, कियभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए।

त्यसपछि उनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गरेका हुन्।सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ।

अधिकारीहरूले उनलाई विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको ‘युद्ध अपराध’का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएको छ।

कियभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो। आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने “दायित्व” सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो।

विशाल रूस र चीनबिच अवस्थित मङ्गोलियाको मस्कोसँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै बेइजिङसँग महत्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ। यो सोभियत युगमा मस्कोको अधीनमा रहेको थियो।

सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि मङ्गोलियाले क्रेमलिन र बेइजिङ दुबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ।देशले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन साथै संयुक्त राष्ट्रमा द्वन्द्वमा मतदान गर्दा अनुपस्थित रहेको थियो।

गत हप्ता क्रेमलिनले भ्रमणका क्रममा पुटिनलाई पक्राउ गरिने चिन्ता नभएको जनाएको थियो। -रासस

प्रकाशित: २०८१ भदौ १८ गते मङ्गलबार ०१:३३
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना