काठमाडौं – मध्यप्रदेशको खरगोनमा मंगलबार बिहान करीब ८ः४० बजे बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बोरान्ड नदिको ५० फीट अग्लो पुलबाट बस खसेपछि भएको १५ जनाको मृत्यु र २५ जान घाइते भएका हुन्।
खरगोनका एएसपी धरमवीर सिंहका अनुसार गृहमन्त्री नरोत्तम मिश्राले १५ जनाको मृत्यु भएको पुष्टी गरे। घाइतेलाई खरगोनआसपासको अस्पतालमा पुर्याइएको छ। घटनाको लागि अदालती जाँचको आदेश दिइएको छ।
पुलिस अफिसर राकेश गुप्ताका अनुसार बस डोंगरगाउँ र दसंगाको बिचमा भएको बोरान्ड नदीको पुलको रेलिङग फुटाएर तल झरेको थियो। नदी सुकेको थियो र भाग्य बस त्यहाँ नजिकै एम्बुलेन्स र प्रशासनका अधिकारीहरु उपस्थित थिए।

गुप्ता भन्छन्, ‘बस खरगोनको बेजापुरदेखी इन्दौरतिर जाँदै थियो तर बसको गति तिव्र भएको कारण अनियन्त्रित भएर पुलको रेलिङ फुटाउदै तल झरेको हो। नदि सुकेको कारणले धेरैजस्ता यात्रूहरुलाई चोट लागेको हो। तर १५ जना भन्दा बढी यात्रूहरुको मृत्यु भयो। उद्धार कार्य जारी छ। शवहरुलाई पोष्टमार्टमको लागि लिएर जादै छन्।’
डोंगर गाउँमा बस्ने राज पाटिदारका अनुसार आमा शारदा ट्राभल्सको बसमा ४० भन्दा धेरै मानिस सवार थिए। घटना पछि डोंरगाउँ र लोनारा गाउँका स्थानीयहरू घाइतेहरुलाई उद्धार गर्न कार्यमा जुटका थिए र बसको सिसा फुटाएर घाइतेहरुलाई बाहिर निकालिएको। गामीणहरु भन्छन् बस गाउँबाट पाँच मिनेट पहिलेनै निस्कीएको थियो। बस तिब्र गतिमा चलिरहेको थियो।


