२०८३ कार्तिक १२ गते बुधबार

दुर्गमका विद्यार्थीको पहुँचमा अझै पुग्न सकेन कम्प्युटर कक्षा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २६
astroid (7)

ढोरपाटन –  बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो। दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढ्नुभएकी उहाँलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन। सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ।

गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ। निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो।

कम्प्युटर सिक्ने ! भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ। तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ। निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन। कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो। यसैबीच देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन्। यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन्।

एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाउनु भएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी हुनुभएको छ। विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ। नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ।

खाली समयमा देवीस्थान माविले आफूहरूलाई सुनौलो अवसर दिएको घर्ती बताउनुहुन्छ। उनले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा रु ४०देखि ५० हजारसम्म खर्च हुने बताए। अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

घर्ती भन्छन्, ‘एसइई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइरहेको थियो, त्यही बेला साथीहरूले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ भन्नुभयो, बुझ्दा खेरी हो रहेछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नुपथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त बिहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुनेभयो।’

घर्ती जस्तै निसीखोला–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ। एसइई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाउनु भएका उनी अहिले दैनिक कम्प्युटर सिक्न आउनु हुन्छ। आफूहरू जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको मगर  बताउँछन। उनले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाए।

‘गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि अवस्था सहज छैन, यहाँ वरपर सिक्ने ठाउँ पनि छैन, सिक्नका लागि ठूलै बजारमा जानुपर्छ,‘ उनले भने, ‘एसइई दिएर साथीसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरूले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छु।”

बजारमा कम्प्युटरको ‘बेसिक कोर्ष’ को चार हजारदेखि छ हजारसम्म शुल्क लिने गर्छन्। विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो। विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरूको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिए। उनले देवीस्थान माविको मात्रै नभइ निसीखोला र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थी कम्प्युटर सिक्न आइरहेको बताए।

अहिले ५० विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको सङ्ख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ। विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा सञ्चालन गरिरहेको छ। प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताए। यही वैशाख १३ गतेदेखि सुरु भएको कम्प्युटर कक्षा एसइई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म सञ्चालन हुने उनको भनाइ छ।

‘दुर्गम भेगका विद्यार्थीलाई प्रविधिसँग जोड्न, उनीहरूको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्मक सोचको विकास गर्न हामीले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,’ प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो, ‘उनीहरूबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थी निकै उत्साहपूर्वक सहभागी भइरहेका छन्।’

प्रकाशित: २०८० बैशाख २६ गते मङ्गलबार ०४:४१
प्रतिक्रिया

थप समाचार

क्षणिक सुख दुःखदायी हुन्छ

एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए- अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ। यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो। त्यतिखेर अङ्गुलिमालको...

नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको रापताप

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षक आन्दोलनको असर देखिएको छ। नीति तथा कार्यक्रम तर्जुमाका वेला शिक्षकहरूले सडक प्रदर्शन गरेपछि त्यसको असर...

भोलिदेखि देशभर शैक्षिक हड्तालमा उत्रिए शिक्षक

काठमाडौँ- शिक्षक कर्मचारीमैत्री शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ। चार दिनदेखिको निरन्तर आन्दोलनलाई...

कक्षा १२ को परीक्षा आजदेखि

भक्तपुर- देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण...

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो

वीरगञ्ज (पर्सा)- नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन्। महानगरअन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना