काठमाडौँ- सोमबार काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्याकुमारीको पूजा गरिएको हो।
नेवार समुदायमा बेलविवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ।
इन्द्रजात्रा सुरु भएसँगै वसन्तपुरमा विभिन्न पूजा हुने गर्छ। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा महत्त्वपूर्ण मानिन्छ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ। महिनावारी सुरु नभएका बालिकालाई वैदिक परम्परा अनुसार पूजा गर्ने परम्परा छ।


