काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला देखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला बुधबारसम्म चल्नेछ।
भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।
भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ। भेलामा सहभागी हुन देशभरबाट १५०० भन्दा बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ।


