२०८३ कार्तिक १३ गते बिहिबार

दिल्लीमा मुख्यमन्त्री बन्दै आतिशी, किन खुलाउन चाहन्नन् थर?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
aatishi

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेपछि नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छन्।

आम आदमी पार्टीका नेता गोपाल रायले मंगलबार मिडियाहरूलाई आतिशी मुख्यमन्त्री बन्ने निर्णय भएको जानकारी दिएका हुन्।

मुख्यमन्त्री हुने निश्चित भएपछि आतिशीले आफू मुख्यमन्त्री रहेसम्म आफ्नो एउटै मात्र लक्ष्य हुने बताएकी छन्।

‘अरविन्द केजरीवाललाई फेरि मुख्यमन्त्री बनाउने मेरो एउटै मात्र लक्ष्य हो। दिल्लीका जनताको रक्षा गर्ने कोसिस गर्नेछु। म केजरीवालको निर्देशनमा काम गर्नेछु,’ उनले भनिन्।

केजरीवालको राजीनामाबारे आतिशीले आफूलाई दुख लागेको बताइन्। ‘मलाई पनि अरविन्द केजरीवालले राजीनामा दिएकोमा दुःख लागेको छ,’ उनले भनिन्।

यसअघि गोपाल रोयले आफू कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताएका थिए।

‘बीजेपीले आम आदमी पार्टीलाई तोडेर सरकारलाई ढाल्ने प्रयास गरेको छ। तर हामीले उसको हरेक प्रयासलाई विफल पार्‍यौँ,’ उनले भनेका छन्।

अरविन्द केजरीवालले राजीनामा दिएपछि पार्टी संसदीइ दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने सहमति गरेको हो।

एमएलए बैठकमा अरविन्द केजरीवाल आफैंले आतिशीको नाम प्रस्ताव गरेका थिए।

अरविन्द केजरीवालले आइतवार आम आदमी पार्टी (आप) का कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दुई दिनमा राजीनामा दिने बताएका थिए।

आतिशीबाहेक गोपाल राय र कैलाश गहलोतका साथै अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालको नाम पनि मुख्यमन्त्री बन्ने सूचीको चर्चामा आएको थियो ।

तर अहिले ४३ वर्षीया आतिशीको नाम पारित भएको छ। आतिशी विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनेछन्।

केजरीवाल जेलमा रहँदा आतिशीले अधिकांश मन्त्रालय र विभागहरू सम्हालेकी थिइन्।

मनिष सिसोदिया शिक्षामन्त्री थिए। शिक्षा क्षेत्रमा उनले धेरै महत्वपूर्ण काम गरेको बताइन्छ। सिसोदियाको अनुपस्थितिमा शिक्षा विभाग पनि आतिशीले सम्हालेकी थिइन्। आतिशी केजरीवालको विश्वासपात्र मानिन्छन् ।

सन् २०२० को विधानसभा चुनावपछि केजरीवाल मन्त्रिपरिषदमा आतिशीसहित कुनै पनि महिलाले स्थान पाएका थिएनन्।

आतिशीलाई मन्त्रिपरिषदमा स्थान नदिएको भन्दै आलोचनासमेत भएको थियो।

गत चुनामा दिल्लीका ७० सिटमध्ये आम आदमी पार्टीले ६२ सिटमा जित निकालेको छ। तीमध्ये आठ जना महिला विधायक थिए। तर, सुरुको मन्त्रिपरिषदमा एक जना पनि महिला अटाएका थिएनन्।

मनिष सिसोदिया, सञ्जय सिंह र अरविन्द केजरीवाल जेल गएपछि आतिशीले सरकारदेखि पार्टीको नेतृत्व लिइन्।

सन् २०२३ मा आतिशी पहिलो पटक केजरीवाल सरकारमा शिक्षामन्त्री बनेकी थिइन्।

आतिशीलाई सन् २०१९ लोकसभा चुनावमा पूर्वी दिल्ली सिटबाट आम आदमी पार्टीले उम्मेदवार बनाएको थियो। त्यतिबेला उनी आतिशी मार्लेनाको नामले चिनिन्थिन्।

यसअघि आतिशी प्रायः पर्दा पछाडि रहेर काम गर्थिन्।

२०१९ को आमनिर्वाचनको पूर्वसन्ध्यामा एक्कासी भीड अगाडि अतिशीको हातमा माइक्रोफोन देखिएको थियो। उनी चुनावी राजनीतिमा ‘आप’की नेतृका रूपमा उदाइन्।

सोही चुनावको प्रचारप्रसारका क्रममा आतिशीले आफ्नो उपनाम ‘मार्लेना’लाई पार्टीका सबै अभिलेख र चुनावी अभियानसँग सम्बन्धित कागजातबाट हटाइदिइन्।

त्यतिबेला भारतीय जनता पार्टीले उनको उपनामका कारण विदेशी र क्रिश्चियन भनेर घेराबन्दीको प्रयास गरेको थियो।

यद्यपि, आतिषीले आफ्नो उपनाम हटाएको बताएकी थिइन्। किनभने उनी आफ्नो पहिचान प्रमाणित गर्ने अनावश्यक काममा समय बर्बाद गर्न चाहन्नथिन्।

आतिशीका आमाबाबु वामपन्थी झुकावका थिए। कार्ल मार्क्स र भ्लादिमिर लेनिनको नामका अक्षरहरू जोडेर आतिशीलाई ‘मार्लेना’ उपनाम दिइएको थियो।

आतिशीको उपनामको विवादका बीच मनिष सिसोदिया उनको बचाउमा उत्रिएका थिए र उनलाई ‘राजपुतानी’ भनेका थिए।

सिसोदियाले ट्विटमा लेखेका थिए, ‘मलाई दुःख लागेको छ- भाजपा र कांग्रेसले हाम्रो पूर्वीदिल्ली उम्मेदवार आतिशीको धर्मको बारेमा झुट फैलाइरहेका छन्। उनको पूरा नाम आतिशी सिंह हो। राजपूत वंशकी हुन्। असली क्षेत्रीय परिवारकी। झाँसीकी रानी हुन्। उनले चुनाव जितेर इतिहास रच्नेछिन्।’

तर २०१९ को चुनावमा आतिशी तेस्रो स्थानमा रहिन्। भाजपाको टिकटमा गौतम गम्भीरले चुनाव जितेका थिए।

आतिशीले आफ्नो एक्स ह्यान्डलबाट आफ्नो उपनाम पनि हटाएकी छन्।

प्रकाशित: २०८१ असोज १ गते मङ्गलबार ०२:५१
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना