२०८३ कार्तिक १२ गते बुधबार

एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २७
ambulance mahindra

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका– १२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरु चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन्।

जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन्। भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन । इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ।

गाउँपालिका कार्यालयको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय साङ्बु शेर्पा बताउँछन् ।

त्यस्तै बाह्रबिसे नगरपालिकाको चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन। अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ।

बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झन्झट हुने गरेको छ। सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्यतिरेर भाडाको गाडी प्रयोग गर्न बाध्यभएको स्थानीय वाशु बडालको भनाइ छ।

बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेत भने नगरमा रहेका बिग्रिएका एम्बुलेन्स मर्मत गरेर सहज रुपमा बिरामीलाई अस्पताल पु¥याउन सहयोग गर्ने बताए।

भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन्। स्वास्थ्य कार्यालयको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्याङ्क छ। जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरी महिनौँंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन्।

स्वास्थ्य कार्यालयका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको बताउनुभयो। स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था नाजुक छ। कुल एक सय तीन वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन। त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधैँ सास्ती भोग्नु परेको छ।

प्रकाशित: २०८० बैशाख २७ गते बुधबार ०१:३८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग अर्थले गर्‍यो छलफल

अर्थ मन्त्रालयले यसअघि नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, सहरी र उर्जा मन्त्रालयसँग छलफल गरिसकेको छ।

स्वास्थ्य शिविरबाट एक हजार सातसय बढी लाभान्वित

म्याग्दी (बेनी)- म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन्। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा...

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ- सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताएका छन्। स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा...

डेङ्गुप्रति सचेतना अपनाउन आग्रह

काठमाडौँ- गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ। गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै...

बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन्

काठमाडौँ- मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना