ललितपुर- जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेको छ।
र्यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरी नारा लगाएका थिए।
उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औधोगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति तिर्न पर्ने माग गरेका छन्।
विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोधसमेत गरेका छन्।
नेपालमा भएको यो मार्च ग्लोबल विक अफ एक्सन इन साउथ एसियाको सन्दर्भ पारेर आयोजना गरिएको हो।


