२०८३ कार्तिक १४ गते शुक्रबार

इसराइलको आक्रमणमा हिजबुल्लाहका दुई कमाण्डर सहित ३१ मारिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
israel-attack-in-lebnon-1726974048

लेबननमा इसराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका दुई कमान्डरसहित ३१ जना मारिएका छन्।

शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।

आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल पनि मारिएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनी हिजबुल्लाहको एलिट युनिटका कमाण्डर थिए।

अमेरिकाले गत वर्ष मात्रै अकिलको विषयमा जानकारी दिनेलाई ७ मिलियन डलर दिने घोषणा गरेको थियो। ६३ जनाको मृत्यु हुनेगरी सन् १९८३ मा अमेरिकी राजदूतावासमा भएको आक्रमणमा अकिलको संलग्नता रहेको अमेरिकाको बुझाई छ। त्यस्तै बेरूतको मरिन ब्यारेकमा २४१ अमेरिकीको ज्यान जानेगरी भएको विस्फोटमा पनि अमेरिकाले अकिललाई दोषी ठहर गरेको छ।

हिजबुल्लाहले उक्त आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टी गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

इसराइली आक्रमणमा तीन बालबालिका र सात जना महिला तथा तीन जना सिरियाका नागरिक मारिएको बताइएको छ।

आक्रमणमा परी ६८ जनाभन्दा बढी घाइते छन्। मिसाइल प्रहारपछि भवनहरू भत्किएर केही मानिसहरू पुरिएका थिए। केहीलाई मृत तथा केहीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए।

त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए।

मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए।

हिजबुल्लाहले पेजर विस्फोटमा इसराइलको हात रहेको दाबी गरेको छ। इसराइलले भने उक्त विस्फोटबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन।

संयुक्त राष्ट्रसंघले सञ्चारमाध्यमका सामग्रीहरूमार्फत विस्फोट गराउनु अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरीतको काम भनेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा पेजर विस्फोटको विषयलाई लिएर  लेबननका विदेशमन्त्री अबदल्लाह बऊ हबिब र संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी डेननबीच भनाभन भएको थियो।

प्रकाशित: २०८१ असोज ६ गते आईतबार ०९:०१
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना