२०८३ कार्तिक १२ गते बुधबार

‘इन्द्रसभा’को पुनर्निर्माण सम्पन्न, डेढ करोड लागत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २८
indra_sava

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले इन्द्रसभाको पुनर्निर्माण सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. १९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं सामाजिक महत्वको ठाउँ हो। सम्पदा विभाग तथा पर्यटन विभागका सहायक निर्देशक इञ्जिनियर नरेन्द्रमान बज्राचार्यका अनुसार पुननिर्माणका लागि १ करोड ४६ लाख ५९ हजार ४ सय ५३ रुपैंया ४३ पैसा खर्च भएको महानगरले जानकारी दिएको हो।

२ रोपनी ३ पैसा जग्गामा इन्द्रसभा परिसर पुननिर्माणका कार्य भएको हो। सहायक निर्देशक बज्राचार्यका अनुसार ७५ स्क्वायर मिटरमा ठूलो पाटी निर्माण भएको छ।

पुननिर्माणका लागि २०७८ कार्तिक ११ गते १ वर्ष अवधि दिएर कार्यादेश दिइएको थियो। तोकिएको समयमा काम नसकिएपछि ६ महिना म्याद थपेर २०८० बैशाख १० गतेसम्म पुर्‍याइएको थियो। थपिएको अवधिमा काम सकिएको हो।

पुननिर्माणका क्रममा २ वटा ठूला प्रवेश द्वार, एउटा ठूलो र एउटा सानो फल्चा (पाटी), दू ब्यंकेगु (नेवार समुदायले मानिसको मृत्युपछि दुःखबाट मुक्त हुन गर्ने संस्कार) घर निर्माण भएका छन्। यस्तै भुइँमा इटा, ढुङ्गा विछ््याउने, आकाशे पानी संकलन र पुनभरण प्रणाली जडान लगायत काम भएका छन्। पुननिर्माण भएको भएको फल्चामध्ये एउटा १३ मिटर लम्बाई र ३ मिटर चौडाई भएको एल आकारको अर्को ४ मिटर लम्वाई र ३ मिटर चौडाई भएको सानो छ।

पुननिर्माणपछि यस क्षेत्रको अवस्थामा देखिने परिवर्तन आएको वडा १९ का अध्यक्ष राजेश श्रेष्ठ बताउँछन्। ‘पुननिर्माण हुनुअघि जीर्ण संरचना, खाल्टाखुल्टी परेको जमिन थियो। अब सांस्कृतिक तथा सामाजिक काम गर्न सहज भएको छ,’ वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

यस क्षेत्रमा नेवाः समुदायका विभिन्न थरका दिगु द्यः (कुल देवता) छन्। ती दिगु द्यः कुनै पूर्व, कुनै पश्चिम, कुनै उत्तर र कुनै दक्षिण दिशातिर फर्किएका छन्। महर्जन, मानन्धर, तुलाधर र शाक्य समुदायका मानिसहरु यहाँ कुल देवताको पूजा गर्न आउने गर्छन्।

काठमाडौँ-१९ का सदस्य चन्द्रमान डंगोलका अनुसार प्रत्येक वर्ष दशैंको नवमीको दिन यहाँ ठूलो मेला लाग्छ। मेलामा सहभागी हुने श्रद्धालुहरु कंकेश्वरी पीठको दर्शन गरेर तलेजु भवानीको दर्शन गर्न जाने चलन छ। त्यसै शिवरात्रीका दिनमा होम गर्ने, श्रीपञ्चमीका दिनमा सरस्वती (ससुद्यः) को पूजा गर्ने चलन छ।

सभासम्बन्धी लोककथन
इन्द्र जात्रा मनाउनुको धार्मिक पक्षको घटनासँग यो ठाउँ जोडिएको छ। आमाले लिने बसुन्धराको व्रतमा पूजाका लागि स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लागेका थिए। अपरिचित कसैले आफ्नो ठाउँमा आएर फूल चोरेको देखेपछि स्थानीयले उनलाई समातेर पाता कसेर बन्धनमा राखे।

फूल लिन गएको छोरो नफर्किएपछि इन्द्रकी आमा आफैँ खोज्न आइन्। छोरालाई बन्धनमा राखेको जानकारी पाइन्। उनले छोरोलाई छोडिदिन स्थानीयसँग आग्रह गरिन्। स्थानीयले सर्त बिना इन्द्रलाई छुटाउन मानेनन्। त्यसपछि इन्द्र विनायकको नेतृत्वमा इन्द्रलाई छुटाउनका लागि काठमाडौँको कंगः अजिमा मन्दिरबाट दक्षिण, विष्णुमती नदीवाट पूर्व, मरुढोकाबाट पश्चिम र द्वका दःबाट उत्तरमा पर्ने स्थानमा देवताहरुको सभा बस्यो।

‘देवताहरुको सभा स्वर्गमा हुन्छ। यहाँ पनि देवताहरुको सभा चलेको र त्यो सभा सञ्चालन गर्नु पर्ने कारण इन्द्र भएकोले इन्द्र सभा भनिएको हो,’ लोककथन र धार्मिक विश्वासका विषयमा जानकारी गराउँदै नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गी भन्छन्।

इन्द्रलाई स्थानीयले निःसर्त छुटाउन नमानेपछि उनकी आमाले छोराको बदलामा कुहिरो दिने वाचा गरेर छोरालाई बन्धनबाट छुटाएर लगेकी थिइन्। इन्द्र जात्रा मनाउँदा यो कथन स्मरण गर्ने, जात्रा मनाउनुको कारणका अरुलाई सुनाउने चलन अहिले पनि छ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार यो क्षेत्रका विषयमा लिच्छवीकालीन अभिलेख छ। प्राप्त अभिलेख अभिलेख, ठाउँसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चलनका कारण सभाको विशेष महत्व छ।

प्रकाशित: २०८० बैशाख २८ गते बिहिबार १२:१६
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना