काठमाडौँ- काठमाडौँको कुलेश्वर क्षेत्रको डुबानमा परेकाहरूलाई उद्धार गरिएको छ।
हिजो रातिदेखिको अविरल वर्षाले कुलेश्वर क्षेत्र डुबानमा परेपछि बाढीमा फसेकाहरूलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको हो।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।
अविरल झरीले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित पारेको छ।
आइतबारदे मौसममा सुधार हुने जल तथा मौसम विभागले जानकारी दिएको छ।



















