ललितपुर- ललितपुरको नख्खु खोलाले सशस्त्र प्रहरीका उद्धारकर्तालाई नै बगाएको छ।
खोलाले बगाएका ती उद्धारकर्ताको एक घण्टापछि उद्धार गरिएको छ।
कुसुन्तीमा बाढीमा फसेका मानिसको उद्धारका लागि उनी खटिएर गएका थिए।
मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानतर्फ फर्कने क्रममा ती उद्धारकर्तालाई नै नख्खु खोलाले बगाएको थियो।
करिब एक घण्टाको प्रयासपछि उनलाई उद्धार गरिएको हो।
नख्खुले नै बगाएका ४ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा एक महिला, दुई जना पुरुष र एक बच्चा छन्।
बिहान ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
उद्धारकर्ताको उद्धारका तस्बिर













