काठमाडौँ- विपद्को समयमा मानिसहरू परिवार तथा आफन्तसँग सम्पर्कमा रहिरहन एनसेलले निःशुल्क डेटा उपलब्ध गराएको छ।
सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता यस बेला बढी रहेको भन्दै एनसेलले आफ्नो सेवा निःशुल्क उपलब्ध गराएको हो।
भारी वर्षाका कारण सृजना भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले शनिबार (असोज १२, २०८१) बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको छ ।
निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने बताएको छ।


