काठमाडौँ- मकवानपुरको सिस्नेरी पहिरोमा परी मृत्यु भएका ६ जना युवा खेलाडीमध्ये दुई जनाको अन्तिम संस्कार काठमाडौँमा गरिएको छ।
काठमाडौँको पशुपति आर्यघाटमा उनीहरूको अन्तिम संस्कार गरिएको हो।
उनीहरूलाई खेल्कुदमन्त्री तेजुलाल चौधरीले नेपालकाे झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए। यस्तै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फाकाे झण्डा ओढाएका थिए।
पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो। दिवस र प्रियंसको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको हो।
अनुपम, साइमन र विकलको शव हेलिकप्टरमार्फत गृहजिल्ला मकवानपुर पठाइएको थियो। आदित्यको शव सर्लाहीको लालबन्दी पठाइयो।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो ।










े





