काठमाडौँ- दसैँको आगमनसँगै शक्तिपीठहरू झिलिमिली बत्तीले सजाइएको छ।
नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँ बिहीवारदेखि सुरू भएसँगै शक्तिपीठ सजाउने क्रम सुरु भएको हो।
बिहिबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश र घटको स्थापना गरी घटस्थापना गरिएको छ।
बिहानै नृत्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दसैं घरमा विधिपूपर्वक जौ रोपेर जमरा राखिएको छ।
दसैँघरमा पनि विधिपूर्वक जमरा राखिएको छ।









तस्बिर : नेपाल फोटो लाइब्रेरी


