२०८३ कार्तिक १३ गते बिहिबार

नाइजेरियामा हैजाको प्रकोप : ३५९ जनाको मृत्यु, हजारौँमा संक्रमण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

अबुजा, असोज १९
nigeria_cholera
तस्बिर : सीएनएन

अबुजा- जनवरीदेखि सेप्टेम्बरसम्ममा दक्षिणपश्चिमी राज्य लागोससहित ३३ वटा नाइजेरियाली राज्यमा हैजाको प्रकोपले ३५९ जनाको मृत्यु भएको छ।

नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी)का अनुसार राजधानी अबुजामा हैजा सङ्क्रमितको सङ्ख्या १० हजार ८३७ पुगेको छ।

यस वर्ष अहिलेसम्म नाइजेरियाका ३३ वटा राज्यमा हैजा फैलिएको छ। गत हप्ता मात्रै ५ राज्यमा १ सय ९८ वटा नयाँ सङ्क्रमण रिपोर्ट गरिएको थियो। संक्रमण र मृत्युको अनुपात ७.६ प्रतिशत रहेको एनसीडीसीले जनाएको छ।

क्षेत्रीय राष्ट्रिय हैजा प्राविधिक समूहको नेतृत्व गर्दै, एनसीडीसीले अधिकारीहरूलाई हैजा रोकथामको तयारी र प्रतिस्थापन योजना बढाई आपतकालीन व्यवस्थापनको लागि क्षमता विकास गर्न आग्रह गरेको छ।

प्रकोपबाट प्रभावित समुदायमा खुलारुपमा दिशा पिशाब गर्ने गलत अभ्यास रहेको एनसीडीसीले उल्लेख गरेको छ।

पिउने पानी र सरसफाइमा कमजोर पहुँचलाई प्रकाश पार्दै एनसीडीसीले यस्तो अस्वस्थ्य अभ्यासले हैजा फैलावट रोक्ने देशको प्रयासमा चुनौती खडा गरेको जनाएको छ।

हैजा अत्यधिक विषाक्त रोग हो। सुरुमा अचानक गम्भीर झाडापखाला लाग्छ।

यसले शरिरमा तरल पदार्थको कमी (डिहाइड्रेसन) का कारण मृत्यु निम्त्याउन सक्छ।

विशेषगरी घना जनसङ्ख्या भएका क्षेत्रहरूमा पिउने पानीको आपूर्तिको अभावका कारण नाइजेरियामा हैजाको प्रकोप बारम्बार बढिरहेको जनाइएको छ।

-एएफपी

प्रकाशित: २०८१ असोज १९ गते शनिवार ०३:५०
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना