२०८३ कार्तिक १२ गते बुधबार

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २९
kakarvitta naka
काँकरभिट्टा नाका।

झापा – झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको पाइएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए।

यस नाकाबाट सोही अवधिमा १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ। निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्य भने पुरा भएको छैन्। सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताए।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ।

त्यस्तै जुट दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना एक अर्ब ६० करोड २९ लाख, तरकारी एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख, दाल ८४ करोड ४१ लाख, कपडा ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन ८० करोड ५५ लाख रकमको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

यो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ। फलामजन्य सामग्री दुई अर्ब ९८ करोड ९९ लाख, चिया दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो ७२ करोड ९० लाख, अदुवा ४३ करोड ५२ लाख, पशु आहार ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख, दलहन २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ।

प्रकाशित: २०८० बैशाख २९ गते शुक्रबार १२:३६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

वीरगञ्ज नाका हुँदै झण्डै दोब्बरले बढ्यो निर्यात

वीरगञ्ज - वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको...

नेपालबाट पहिलो पटक १० कन्टेनर पशुआहार चीन पठाइयो

काठमाडाैं - नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। सो कम्पनीले...

बिहारबाहेकका भारतीय राज्यमा विद्युत निर्यात गर्ने बाटो खुला

नेपाल-भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले भारतको बिहारबाहेकका राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने सहमति जुटाएको छ। भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना