टुँडिखेलमा हुने फूलपाती बढाई समारोहको लागि ग्रान्ड रिहर्सल गरिएको छ।
हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाई गर्ने चलन रहेको छ।
यसपालिको फूलपाती असोज २४ गते परेको छ।
हनुमानढोका दरबारस्थित दसैँघरमा फूलपाती भित्र्याएपछि अपराह्न नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाई विशेष समारोहको तयारी गरेको हो।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्। समारोहमा नेपाली सेनाद्धारा विभिन्न कलाकौशल प्रर्दशन गरिनेछ।
फूलपाती बढाइँको रिहर्सल











