अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ।
पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशाअन्तर्गत माटोका भाँडाकुँडाहरु बनाउँछन्।
धुपौरो, दियो, गाग्री, आरी, गमला, आस्ट्रेलगायत सजावटका सामग्री बनाउने उनीहरुलाई तिहारमा बत्ती बाल्ने पाला बनाउन यतिबेला भ्याइनभ्याइ छ।
तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन।
पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा अहिले पनि कायमै छ। बर्सेनि तिहार आएपछि पालाको माग धेरै नै हुने गरेकाे छ।
सामान्य पालाको मूल्य ४० रुपैयाँ प्रतिदर्जन देखि सुरु हुन्छ। फुलफुल/बुट्टावाला पालाको १ वटाको २० रुपैयाँ पर्छ।














तस्बिर : नेपाल फाेटाे लाइब्रेरी


