काठमाडौँ- आरोही निर्मल पुर्जा सेभेन समिटको अन्तिम गन्तव्य मानिने इण्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किएका छन्।
उनी स्वदेश फर्किँदा शुक्रबार विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन्।
कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो। यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ।
२ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचुराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए।
त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन्।












