दैलेख- कर्णाली प्रदेशको दैलेख जिल्ला दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ।
लोहोरे खोला छेउमा लहलह झुलेका धानका फाँट मनमोहक छन्। किसानहरु धान थन्क्याउन व्यस्त छन्।
दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय भुपालबहादुर थापा बताउँछन्।
पछिल्ला वर्ष बसाइँसराइँ र युवापुस्ता कामको खोजीमा गाउँ छोड्नु/बिदेसिनुले धानको उत्पादन कम हुन थालेको छ।
पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ।
















तस्बिर : नेपाल फोटो लाइब्रेरी


