२०८३ कार्तिक १२ गते बुधबार

डडेल्धुरामा झाडापखाला लागेकी बालिकाको मृत्यु, स्वास्थ्यमन्त्री भन्छन्- हैजा फैलियो

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३०
mohan

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरामा हैजा फैलिएको बताएका छन्। सिन्धुपाल्चोकमा आयोजित कार्यक्रम बोल्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन्।

‘डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा हैजा फैलिएको सूचना आएको छ। त्यसलाई नियन्त्रण गर्न जिल्ला सदरमुकामबाट हामीले चिकित्सक र औषधिसहितको टोली खटाइसकेका छौँ,’ कार्यक्रममा मन्त्री बस्नेतले भने। उनका अनुसार डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढामा हैजा फैलिएको हो।

झाडापखाला लागेपछि मंगलबार परशुराम नगरपालिका-८ गुप्तेगडाकी १४ वर्षीया बालिका संगीता धामीलाई जोगबुढा अस्पताल भर्ना गरिएको थियो। उनलाई धनगढी रेफर गरिएपनि बीच बाटोमा नै उनको मृत्यु भएको थियो। उनको मृत्यु पनि हैजाकै कारणले भएको आशंका गरिएको छ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार हालसम्म एक जनामा हैजा पुष्टि भएको छ। ती व्यक्तिको एन्टिजेन परीक्षणमा हैजा पुष्टि भएको हो।हैजा पुष्टि भएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रजिअ न्यौपानेले जानकारी दिए।

मृतक संगीताका बुवा कर्णबहादुर धामी वैदेशिक रोजगारीमा छन्। मृतक संगिताकी आमाको गत वर्ष घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो।

‘चिकित्सक र औषधिसहितको टोली हामीले खटाएका छौँ। अहिले आत्तिइहाल्नुपर्ने अवस्था नभएको त्यहाँ पुग्नुभएका चिकित्सकहरूले हामीलाई जानकारी गराउनुभएको छ,’ न्यौपानेले थपे, ‘टोलीले केही दिन जनचेतनाका कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्नेछ।’पछिल्लो समय अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ। उनका अनुसार अधिकांश बिरामी घरमा नै छन्। जोगबुढा अस्पतालमा ५-६ जनाको उपचार भइरहेको र जिल्ला अस्पताल ल्याइहाल्नुपर्ने केस नभएको आफूलाई भनिएको उनले बताए।

उता मृतक बालिका पक्षले जोगबुडा अस्पतालको लापरबाहीका कारण संगीताको मृत्यु भएको आरोप लगाएको छ। परशुराम नगरपालिका क्षेत्राधिकारभित्र जोगबुढा अस्पताल रहेकोमा नगरपालिकाले दोषीमाथि कारबाही गर्नु पर्ने माग पीडित पक्षको छ।

झाडापाखाला र ज्वरो आएपछि संगितालाई गत मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल भर्ना गरिएको थियो। उपचार त्यहाँ सम्भव नभएको भन्दै जोगबुडा अस्पतालले उनलाई धनगढी रेफर गरेको थियो। तर सोही साँझ ५ बजेतिर संगीताको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जोगबुडा अस्पतालले बताएको छ।

मृतक संगीताका बुवा कर्णबहादुर धामी वैदेशिक रोजगारीमा छन्। मृतक संगिताकी आमाको गत वर्ष घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको थियो।

पालिकामा हैजा फैलिएपछि परशुराम नगरपालिकाले शुक्रबार आकस्मिक विपद व्यवस्थापन समिति बैठक राखेको थियो। बैठकमा गाउँ, बस्ती, टोल र समुदायमा जनचेतनाका कार्कय्रम गर्ने निर्णय गरिएको छ। एफएम रेडियोका माध्यमबाट बढीभन्दा बढी सरसफाईका सूचना सन्देशहरु प्रसारण गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिककर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सबैले हातेमालो गरेर संक्रमण रोकथाम, नियन्त्रणको प्रयास गर्ने निर्णय बैठले गरेको छ।

जोगुबढाका १०० भन्दा धेरै व्यक्तिमा झाडापखालाको समस्या छ। परशुराम-७ का वडाध्यक्ष कर्णबहादुर धामीका अनुसार वैशाख २२ गतेदेखि हैजाको समस्या देखिन थालेको हो। हैजाको प्रकोप बढेपछि शनिबार वडा नम्बर ८ मा दुई चरणमा स्वास्थ्यशिविर सञ्चालन गरिएको छ।

प्रकाशित: २०८० बैशाख ३० गते शनिवार ०४:२३
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना