काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले)ले काठमाडौँमा शक्तिप्रदर्शन गर्दा नागरिकलाई भने सास्ती थपिएको छ।
काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेपछि नागरिकमाथि एमालेले सास्ती थपिदिएको हो।
एमालेले दरबारमार्गमा जागरणसभा सुरु हुनुअघि एमालले काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेको छ।
ती र्यालीका कारण ११३ स्थानमा ट्राफिङ डाइभर्सन गरिएको छ।
भद्रकालीमा भेला भएर नेता कार्यकर्ता नारा लगाउँदै दरबारमार्गतर्फ गइरहेका छन्।
सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

















