२०८३ कार्तिक १२ गते बुधबार

मदन राईलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३१
madan rai

काठमाडौँ- यौन दुर्व्यवहारको मुद्दामा पक्राउ परेका कृषिविज्ञ मदन राई थप ७ दिन प्रहरी हिरासतमा नै रहने भएका छन्। राईले सञ्चालन गरेको ‘शुभद्रा मदन फाउन्डेसन’मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईलाई थप ७ दिन हिरासतमा राख्न खोटाङ जिल्ला अदालतले अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार अनुसन्धान नसकिएकाले अदालतबाट थप म्याद लिइएको हो। राई शुक्रबार पक्राउ परेका थिए।

विद्यालयसमेत सञ्चालन गर्दै आएको फाउन्डेसनले विद्यार्थीहरूलाई होस्टलमा राख्ने गरेको थियो। होस्टलका विद्यार्थीलाई ७५ वर्षीय राईले संवेदनशील अंग चलाउने, नग्न शरीर देखाउनेलगायतका अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

प्रकाशित: २०८० बैशाख ३१ गते आईतबार ०६:१७
प्रतिक्रिया

थप समाचार

बाल यौन दुर्व्यवहारमा मदन राईलाई अढाई वर्ष कैद, एक लाख जरिमाना

काठमाडौं- बालयौन दुरुपयोगको अभियोगमा दोषी ठहर भएका मदन राईलाई अदालतले सजाय सुनाएको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय...

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

काठमाडौं- नाबालिमाथि यौन दुर्व्यवहारको मुद्दामा मदन राई पक्राउ परेका छन्। खोटाङमा आफ्नै फाउन्डेसन स्थापना गरी होस्टल समेत सञ्चालन गर्दै आएका राईले फाउन्डेसनको आश्रयमा रहेका बालबालिकालाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना