काठमाडौँ- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषबीच सहकार्य गर्ने भन्दै सहमति भएको छ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र कोषका अध्यक्ष जीवनाथ चौधरीले सहकार्यको सहमतिमा हस्ताक्षर गरेका हुन्।
चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कलालगायतका विषयमा सहकार्य हुनेछ।
९ बुँदे सहमतिमा कलाको प्रवर्द्धन, संवर्धन र विकासका केन्द्रित हुने उल्लेख छ।



