नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्टस १ रनले विजयी भएको छ।
१३६ रनको लक्ष्य पाएको लुम्बिनी लायन्सले आठ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेपछि जनकपुर विजयी बनेको हो।
लुम्बिनी लायन्सलाई अन्तिम बलमा २ रन आवश्यक थियो।
तर हर्ष थाकरले अन्तिम बलमा सन्दीप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जीत हात पारेको हो।
लुम्बिनीले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनायो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन बनाए।
एनपीएलमा लगातार चौथो जीत निकालेको जनकपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
लुम्बिनीको भने यो लगातार चौथो हार हो।
आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दै छन्।


