२०८३ कार्तिक ११ गते मङ्गलबार

शताब्दीकै सबैभन्दा ठूलो खोज! रुसले बनाएको क्यान्सरको खोपले कसरी गर्छ काम?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
vladimir-putin

एजेन्सी – रुसले स्वास्थ्य मन्त्रालयले मंगलबार क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ। यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन्।

रुसी समाचार एजेन्सी टास (TASS) का अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निःशुल्क दिइने बताइएको छ। निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै mRNA (एमआरएनए) खोप विकास गरेको बताए।

रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ। खोपको क्लिनिकल परीक्षणहरूले देखाएको छ कि यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ।

यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउने कामको नजिक पुगेको बताएका थिए। एमआरएनए वा मेसेन्जर RNA (आरएनए) मानव आनुवंशिक कोडको सानो भाग हो, जसले हाम्रो कोशिकाहरूमा प्रोटिन बनाउँछ।

यसलाई सरल भाषामा भन्दा जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउने म्यासेज दिन्छ।

यसबाट, हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन्। यसको सबैभन्दा ठूलो फाइदा यो हो कि यसले परम्परागत खोपभन्दा छिटो खोप बनाउन सक्छ।

साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ। एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो।

खोप क्यान्सरअघि नभई पछि दिइने

क्यान्सर विशेषज्ञ एमडी मौरी मार्कम्यान भन्छन्, ‘क्यान्सरको खोप बनाउन जैविक रूपमा असम्भव छ। क्यान्सरको कुनै खोप हुन सक्दैन, किनभने क्यान्सर रोग होइन। यो शरीरमा हजारौं विभिन्न अवस्थाहरूको परिणाम हो। यद्यपि, खोपहरूले केही क्यान्सरहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्छन्।’

यी खोपहरू उपचारको क्रममा क्यान्सर रोगीहरूलाई जोगाउन आवश्यक उपकरणहरू हुन्, किनभने क्यान्सर रोगीलाई उपचारको क्रममा अन्य रोगको जोखिम बढ्ने उनले बताए।

क्यान्सर भ्याक्सिनको विशेष पक्ष यो हो कि, यो क्यान्सर हुनुअघि कहिल्यै दिइनेछैन। बरु यो क्यान्सर ट्युमर भएका मानिसहरूलाई दिइन्छ। यो खोपले हाम्रो प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिकाहरू कस्तो देखिन्छ भनेर पहिचान गर्न मद्दत गर्छ।

प्रकाशित: २०८१ पुस ४ गते बिहिबार ०८:५६
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना