२०८३ कार्तिक १२ गते बुधबार

नरैनापुरमा अनि विस्थापित भयो भारतीय तरकारी

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ ३
narainapur
नरैनापुरको एक तरकारी खेती।

नरैनापुर- बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर थिए। भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे। उनको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय तरकारीमा निर्भर थिए। यहाँका सर्वसाधारण तरकारी किनमेल गर्न भारतीय बजार जमुनाह पुग्थे। नरैनापुरवासीको मागलाई मध्यनजर गर्दै कतिपय भारतीयहरू तरकारी बेच्न नरैनापुरका गाउँ–गाउँ पुग्थे। तर अहिले दिन र समय दुवै फेरिएको छ।

‘पहिले ढिके नुनसँग भात खाइन्थ्यो, तर अहिले तरकारी भएन भने भात–रोटी घाँटीबाटै छिर्दैन,’ आफू मात्र नभई नरैनापुरका अधिकांश सर्वसाधारणलाई हरियो तरकारी खुवाउदै आएका अली भन्छन्। आलिफले आफ्नै घर छेउको १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरेका छन्। पहिला बसिबियाँलो गरेर दिन बिताउने आलिफलाई हिजोआज बिहान–बेलुका तरकारी बारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ। तरकारी बारीको काम श्रीमतीलाई जिम्मा दिएर उहाँ दिउँसोको समयमा तरकारी बिक्री आफ्नै गाउँ र छिमेकी गाउँसम्म पुग्ने गरेका छन्।

‘दिउँसोको समयमा म घरबाट १५ किलोमिटर टाढासम्म तरकारी बिक्री गर्न पुग्छु,’ उनले भने, ‘त्यो समय म श्रीमतीलाई बारीको हेरचाह गर्न भनेर ढुक्क हुँदै तरकारी बिक्री गर्न जान्छु।’ आलिफ अली नरैनापुरमा व्यावसायिक तरकारी खेती गर्ने पहिलो र एक्ला किसान हुन्।

उमेरले ६० पार गरेका आलिफ बुढ्यौलीमा पनि काममा युवाभन्दा कम छैनन्। आफूले उत्पादन गरेको आफ्नो बारीको तरकारीलाई उहाँले आफ्नो बालबच्चालाई जस्तै माया गरेर हुर्काएका छन्। राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्न उनले बिर्सन्नन्।

रोगव्याधी लाग्न नदिन समय–समयमा औषधि छर्किन्छन्। कसैलाई नअह्राएर आफैँले गोडमेल गरेर झार उखेल्छन्। तरकारीमा कुनै समस्या आउन नदिन उहाँ दिनरात आफैँ खेतबारीमा धाउने गरेका छन्। ‘बारी छाडेर मलाई कहीँकतै जान मन लाग्दैन। चराले आफ्ना बच्चालाई काखीमा च्यापेर बसेजस्तै मलाई पनि तरकारी बारीमा बसिरहन मन लाग्छ। एक दिन बारी छाड्दा नमज्जा लाग्छ,’ उनले भने।

पहिले उनीले धान खेती मात्र गर्दथे। राप्ती नदीमा आएको बाढीले एक–एक गरी सबै जमिन बगर बनाएपछि अरुजस्तै आलिफ र उहाँको परिवार पनि बेघरबार भएका थिए। नदीसँग जुध्न नसकेपछि उनी आफ्ना लालावाला लिएर जङ्गल छेउ (नयाँबस्ती) पुगे। नयाँ बस्तीमा जङ्गल फाँडेर १० कठ्ठा जमिन बनाए। अहिले सोही जमिनमा आलिफले तरकारी खेती गर्दै आएका छन्।

पुर्ख्यौली जमिन नदीले बगर बनाएपछि निराश आलिफले जङ्गल फाँडेर बनाएको जमिनमा उत्पादन भएको अन्नपातले सात जनाको परिवार पाल्न मुस्किल परिरहेको थियो। मजदुरीका लागि भारत या नेपालगन्ज जाने निर्णय परिवारलाई सुनाएका उनी परिवारले मजदुरीका लागि बाहिर नजान सुझाव दिएको थियो। बरु खेतीमा काम थाले।

उमेरले ६० पार गरेका आलिफ बुढ्यौलीमा पनि काममा युवाभन्दा कम छैनन्। आफूले उत्पादन गरेको आफ्नो बारीको तरकारीलाई उहाँले आफ्नो बालबच्चालाई जस्तै माया गरेर हुर्काएका छन्। राम्रोसँग हुर्काउन समयमा पानी र मल हाल्न उनले बिर्सन्नन्।

पहिलो वर्ष बन्दागोभी र टमाटर लगाए। तर उनले उत्पादन गरेको तरकारीभन्दा भारतीय तरकारी सस्तो भएकाले बिक्री भएन। बन्दागोभी र टमाटर सडेर खेर गयो। ‘बन्दागोभी बिक्री नभएर धेरै घाटा लाग्यो। त्यसपछि लगाउन छाडेँ,’ उनले भने। यो समयमा उनको बारीमा तीन किलोग्रामका काउली छन्।

अहिलेसम्म १० क्विन्टल काउली बिक्री गरिसकेका उनको बारीमा टमाटर फलेर पाक्ने तरखरमा छ। एकथरिको काउली बिक्री भइरहेको छ। अर्कोथरि काउली तयार हुँदैछ। ‘एकैपटक धेरै उत्पादन गर्दा बिक्री गर्न सकिँदैन। अलिअलि गरी रोप्दा बिक्री गर्न सजिलो हुन्छ। ग्राहकले सधैँभरि तरकारी पनि पाइरहन्छन्,’ आलिफले भने।

उनको परिवार यही तरकारी खेतीबाट पालिएको छ। ‘अरु आउने स्रोत केही छैन। घरको सबै खर्च यही तरकारी खेतीबाट भएको आम्दानीले चलाउँदै आएका छौँ,’ उनले भने।

उनले तरकारी पैँसाले बेच्नु हुँदैन। धान, गहुँ, मसुरी, तोरीसँग साट्नुहुन्छ। गाउँघरमा पैसा नहुने भएकाले अन्नबालीले तरकारी किन्ने गरेको उनले बताए। धान, गहुँको मूल्यको आधारमा तरकारी दिने गरेको उहाँले बताउनुभयो। ‘पैसाभन्दा अन्नसँग तरकारी साट्न सजिलो मान्छन्,’ उनले भने, ‘तरकारी बेचेर जम्मा भएको अन्न घरमै आएर ब्यापारीले लैजान्छन्।’

तरकारी बारीमा आफ्नो गोठबाट निस्केको प्रयोग गर्ने गरेको उनको भनाइ छ। यदि आफ्नो गोठको मल नपुगेको खण्डमा गाउँबाट कम्पोस्ट मल किनेर प्रयोग बारीमा हाल्न गरेको आलिफले बताए। रासायनिक मल र विषादी प्रयोग भएको तरकारीले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाएपछि कम्पोष्ट मलमा जोड दिएको उनको भनाइ छ। ‘युरिया, डिएपी र पोटास कहिलेकाहीँमात्र हाल्छौँ। विषादी नछर्की नहुने भएपछि मात्र छर्किन्छौँ,’ उनी भन्छन्।

आलिफले आफ्नै बारीमा तरकारी उत्पादन गरेपछि भारतीय तरकारीको भर पर्ने अवस्थाको अन्त्य भएको नरैनापुर गाउँपालिका–५ का अगुवा विनय दीक्षितले बताए। दीक्षितले भारतीय तरकारीभन्दा स्थानीय किसानले उत्पादन गरेको तरकारी ताजा र मीठो भएको पनि बताए।

‘आलिफले उत्पादन गरेको तरकारीमा रासायनिक मल र विषादी एकदमै कम प्रयोग भएको देखेपछि यहाँका अधिकांशले उहाँले उत्पादन गरेको तरकारी खान थालेका छौँ,’ दीक्षित भन्छन्, ‘यहाँको तरकारी ताजा र अर्गानिक भएकाले मीठोमात्र नभएर स्वास्थ्यका लागि लाभदायक हुन्छ।’

तरकारी बेच्नका लागि सानो गाडी किन्ने जुगाडमा छन् आलिफ। तरकारीबाट भएको आम्दानीले घर खर्च चलाउन ठिक्क भएको हुनाले अनुदानमा गाडी पाइन्छ कि भन्ने पर्खाइमा आलिफ अनुदान दिने सरकारी कार्यालयका कर्मचारीसम्म जाने पहुँच उनीसँग छैन। न त अनुदानका लागि खुल्ने सूचना नै थाहा पाउनुहुन्छ उनले।

‘तरकारी बिक्री गर्ने गाडी भइदिएको भए नरैनापुरमा भारतीय तरकारी आउन बन्द गराइदिन्थे,’ उनले भने, ‘गाउँ–गाउँमा पुगेर यहाँका सर्वसाधारणलाई ताजा र अर्गानिक तरकारी खुवाउँथे।’

नरैनापुर गाउँपालिका कृषि शाखाले आलिफलाई आवश्यक आर्थिक एवं प्राविधिक सहयोग गर्ने शाखा प्रमुख सदन भण्डारीले बताए। उनले कृषकको मागबमोजिम सहयोग गर्दै आएको बताउँदै उनले सहयोग माग गरे सहयोग गर्न सकिने स्पष्ट पारे। ‘तरकारी खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष नीति लिएको छ। माग भए सहयोग गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित: २०८० जेठ ३ गते बुधबार ०४:२७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना