एजेन्सी – भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ।
बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा सिंहको निधन भएको हो।
अस्पतालले एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ। सिंहले सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका थिए।
कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो।
मनमोहन सिंह २००४ मा भारतको १४ औं प्रधानमन्त्री बनेका थिए। उनले सन् २०१४ मे सम्म दुई कार्यकाल पूरा गरेका थिए। उनी भारतको पहिलो शिख र चौथो सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए।
सिंहको निधनपछि भारतको केन्द्र सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। साथै शुक्रबारका लागि तय भएका सबै कार्यक्रम पनि रद्द गरिएको छ।


