काठमाडौँ – दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ।
विमानमा ६ क्रु मेम्मबरसहित १८१ जना सवार रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीको रिपोर्टअनुसार विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो। बारमा ठोक्किएपछि विमानमा आगो लागेको थियो।
१७५ यात्रु र ६ जना बोकेको जेजु एयरको विमान थाइल्यान्डबाट फर्कँदै गर्दा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ। दक्षिण कोरियाको दक्षिणी भेगमा अवस्थित विमानस्थलमा स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्विरमा विमानबाट धुवाँ निस्किरहेको देखिन्छ।
दुर्घटनाबारे थप जानकारी आउने क्रम जारी छ।
केही दिनअघि अजरबैजानमा भएको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।


