काठमाडौँ- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी बैठकका लागि पार्टी कार्यालय पुगेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर पूर्वउपराष्ट्रपति पुन माओवदी केन्द्रको स्थायी कमिटी बैठकका लागि पार्टीको कार्यालय पुगेका हुन्।
बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। बैठक शनिबारसम्म चल्नेछ।
आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ।
उपराष्ट्रपति बनेपछि पुन पहिलोपटक पार्टीको बैठकका लागि पार्टीको कार्यालय पुगेका हुन्।
पूर्वउपराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने चर्चा भइरहेका बेला पुन पनि पुरानो पार्टीमा फर्किएका हुन्।
पुन माओवादीका गतिविधिमा सक्रिय हुन थालेपछि भण्डारीलाई पनि एमालेको राजनीतिमा सक्रिय हुन बल मिल्ने देखिएको छ।














