एजेन्सी – चीनको तिब्बत प्रान्तमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका भूकम्पको केन्द्रविन्दु तिब्बतको शिजाङमा जमिनबाट १० किलोमिटर तल थियो।
एपी रिपोर्टका अनुसार चीनमा ६ दशमलव ८ रेक्टर स्केल मापन गरिएको थियो।
भूकम्पको प्रभाव नेपाल, भुटान, सिक्किम र भारतको उत्तराखण्डमा पनि देखिएको छ।
पहिलो भूकम्पलगत्तै यस क्षेत्रमा थप दुई वटा भूकम्प गएको एनसीएसले जनाएको छ। स्थानीय अधिकारीहरूले निरन्तर स्थितिको जानकारी लिइरहेका छन्, जसका कारण मृत्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ।


