काठमाडौँ- माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुको बजार शुरु भएको छ।
काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट ल्याइएका तरुलले भरिएको छ।
माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमूल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र घ्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ।
यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ।
















