एजेन्सी – अमेरिकामा भीषण आगलागी भएको छ।
आगलागीबाट १०,००० भन्दा बढी घरहरूमा बस्ने करिब २६,००० मानिस र १३,००० भन्दा बढी भवनहरू आगोबाट प्रभावित भएका समाचारहरूमा जनाइएको छ।
लस एन्जलस फायर डिपार्टमेन्टका फायर चीफ क्रिस्टिन क्राउलीका अनुसार ठूलो संख्यामा मानिसहरू गाडी छाडेर पैदल हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन्।
दक्षिणी क्यालिफोर्नियाको लस एन्जलसमा लागेको भीषण आगलागीले ठूलो रूप लिँदै गएको छ। हजारौं मानिसलाई आवासीय क्षेत्रबाट विस्थापित गरी सुरक्षित स्थानमा लगिएको छ। लस एन्जलसको पहाडी इलाकामा लागेको आगो निभाउन अग्निनियन्त्रकहरूले कडा मेहनत गरेका छन्।
हावाहुरीका कारण राहत कार्यमा समेत बाधा पगेकाले अवस्था झन् गम्भीर बनेको छ।
यसैबीच राष्ट्रपति जो बाइडेनले आर्थिक सहयोगको घोषणा गरेका छन्।


