एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा शुक्रबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।
यो क्यालिफोर्नियामा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी हो।
विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ। २९ हजार एकड क्षेत्रफल पूर्ण रूपमा जलेको छ। आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ।

झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ। करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ।
लस एन्जलस काउन्टी शेरिफ (प्रमुख जिल्ला अधिकारी बराबर) रोबर्ट लुनाले भने कि आगो यी क्षेत्रहरूमा परमाणु बम खसालेको जस्तो देखिन्थ्यो।



