एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ।
हावाको गति बढेसँगै आगलागी बढेको छ। हाल यो ८० किलोमिटररघण्टाको गतिमा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्छ। अमेरिकाको आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन्।
आगलागीको संकटका बीच क्यालिफोर्नियाको सान्ता मोनिका शहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यू घोषणा गरेको छ। यस मामिलामा २० जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन्।
रोयटर्सका अनुसार लस एन्जलसमा आगलागीका कारण हालसम्म १३५ बिलियन डलर क्षति भएको अनुमान गरिएको छ। यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ।


