काठमाडौँ- बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभा पुष २८ गतेमा कार्की व्यांक्वेट, बबरमहल, काठमाडौमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
त्यसैगरी विद्युत उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने, एफपीओ निष्कासन र सहयोग रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ।


