एजेन्सी – बलिउड अभिनेता सैफ अली खान खतरामुक्त भएका छन्। बुधबार राति करिब साढे २ बजे मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औं तलामा उनीमाथि चक्कु प्रहार भएको थियो।
यस आक्रमणमा सैफको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार भएको थियो। घाइते सैफलाई राति नै लीलावती अस्पताल लगिएको थियो।
लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले सैफको मेरुदण्डमा अड्किएको चक्कुको टुक्रा शल्यक्रिया गरेर निकालिएको जानकारी दिए।
सैफको बायाँ हातमा दुई वटा गहिरो घाउ र घाँटीमा गहिरो चोट थियो। उनले प्लास्टिक सर्जरी गरिएको छ। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।
मुम्बई पुलिसका डीसीपी गेडाम दीक्षितका अनुसार एक आक्रमणकारीको पहिचान भएको छ। अपार्टमेन्टमा प्रवेश गरेका उनी आक्रमणपछि सिँढीबाट ओर्लिएका सीसीटीभी फुटेजमा देखिएको उनले जनाएका छन्।
प्रहरीले ती आक्रमणरीविरुद्ध जबरजस्ती घरभित्र पसेर ज्यान मार्ने प्रयास गरेको मुद्दा दर्ता गरेको छ।
यसैबीच सैफको घरबाट ३ जनालाई सोधपुछका लागि प्रहरी चौकी पनि लगिएको प्रहरीले जनाएको छ।
आक्रमणमा घाइते भएका घरेलु कामदारलाई पनि अनुसन्धानका लागि चौकी लगिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धानले घरभित्रै उपस्थित व्यक्तिले आक्रमणकारीलाई प्रवेश गरेको खुलेको छ।


