काठमाडौँ – चर्चित गायिका मेलिना राईले विवाह गरेकी छन्। उनले शुक्रबार ध्रुव गुरुङसँग लगनगाँठो कसेकी हुन्।
गोकर्णेश्वरको एक रिसोर्टमा परिवार, आफन्तहरू र सीमित साथीभाइको उपस्थितिमा उनीहरूको विवाह भएको हो।
केही समयदेखि प्रेमसम्बन्धमा रहेका मेलिना र ध्रुवले हिजो मात्रै इन्गेजमेन्ट गरेका थिए। लमजुङका गुरुङ पेसाले चिकित्सक हुन्।
उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि आजैदेखि सुरु हुँदै छ।


