एजेन्सी – शनिबारदेखि संयुक्त राज्य अमेरिकाभर टिकटक चल्न छाडेको छ।
१७० मिलियन अमेरिकीहरू प्रयोगकर्ता रहेको अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने कानुन लागु हुनुअघि एप्पल र गुगल एप स्टोरहरूबाट टिकटक गायब भएको रोयटर्सले लेखेको छ।
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार पदभार ग्रहण गरेपछि टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिने सम्भवना पनि थियो।
टिकटकको चिनियाँ स्वामित्व ६ महिनाभित्र बिक्री नगरे प्रतिबन्ध हुने गरी अमेरिकाको ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा विधेयक पारित भएको थियो।
डोनाल्ड ट्रम्पले भोलि अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिँदैछन् र यसपछि टिकटकमा प्रतिबन्ध हुन सक्ने सम्भावना बढेको छ। ट्रम्पले यसअघि पनि चीनविरुद्ध कडा कारबाही गर्नुपर्ने बताउँदै आएका थिए।
टिकटक बन्दविरुद्ध अमेरिकी अदालतलमा मुद्दासमेत परेको थियो। यद्यपि, पछिल्लो समय अदालतले प्रतिबन्धको निर्णय सदर गरिदिएपछि टिकटकले सूचना जारी गरेर अमेरिकामा सेवा बन्द गरेको न्युयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी संघीय कानुनअनुसार आइतबारबाट टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो। तर, केही समयअघि टिकटकले सूचना जारी गरेर एप्लिकेशन नचल्ने बनाएको हो।


