काठमाडौँ – चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौंको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्।
उपसभामुख इन्दिरा रानासहित चिनियाँ दूतावासका राजदूत र अन्य कलाकारहरू सहित कार्यक्रम गरिएको हो।
चिनियाँ नयाँ वर्ष नेपालमा एक महिनासम्म धुमधामका साथ मनाइन्छ। हिजोदेखि आगामी फागुन ८ गतेसम्म मनाइने चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम सार्वजनिक गरिएको छ।
तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी
















