एजेन्सी – अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि केही ठूला निर्णय लिएका छन्।
जसमध्ये उनले सबैभन्दा पहिला अमेरिकामा रहेका अवैध आप्रवासीविरुद्ध कारबाही गरेका छन्। अमेरिकी राष्ट्रपतिले कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उनको यो कदम सुरु भएको हो।
ट्रम्पले इतिहासकै सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान सुरु गरेका छन्।
एक रिपोर्टका अनुसार अमेरिकामा अवैध आप्रवासीमध्ये मेक्सिको र एल साल्भाडोर छन्। त्यसपछि भारतीय तेस्रो स्थानमा छन्।
अवैध आप्रवासीलाई देश निकाला गर्ने अमेरिकाको यो कदम भने नयाँ होइन। यसअघि पनि यस्तो हुँदै आएको छ। सन् २०१३-१४ देखि अमेरिकाले हरेक वर्ष औसतमा २ लाखभन्दा बढी मानिसलाई देश निकाला गरिसकेको छ।
बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा उनको दोस्रो कार्यकालको चार वर्षमा १० लाखभन्दा बढी मानिसलाई देश निकाला गरिएको थियो।
त्यसैगरी, डोनाल्ड ट्रम्पकै पहिलो शासनकालमा ठूलो संख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको थियो। ट्रम्पको पहिलो कार्यकालमा ७.७ लाख मानिसलाई अमेरिकाबाट निकालिएको थियो।
यसबाहेक जो बाइडेनको कार्यकालमा करिब ४.९ लाख मानिसलाई देश निकाला गरिएको थियो। तर कोभिडको समयमा भने निर्वासनमा एक महत्वपूर्ण गिरावट आएको थियो।
अमेरिकी सरकारको तथ्यांकलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ- सन् २०२३ मा मात्रै अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने करिब ९० हजार भारतीय पक्राउ परेका थिए। अमेरिकाबाट भारत निर्वासनको मुद्दा नयाँ भने होइन।
सन् २०२३ मा एक हजारभन्दा बढी भारतीयलाई फिर्ता पठाइएको थियो। यसैबीच, भारत सरकारले गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्न ट्रम्प प्रशासनसँग काम गरिरहेको छ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा सपथ लिनेबित्तिकै ट्रम्पले गैरकानुनी रूपमा अमेरिका निर्वासन गर्ने विषयमा ठूलो निर्णय लिएका हुन्। २२ जनवरी २०२५ मा ट्रम्पले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए। यो आदेशअनुसार दक्षिणी सीमा नाकाबाट अमेरिका प्रवेश गर्न चाहने विदेशीलाई भौतिक प्रवेश हुने छैन।


