२०८३ कार्तिक १३ गते बिहिबार

कैलाश मानसरोवर यात्रा फेरि सुरु हुँदै, सीधा उडान गर्न चीन र भारत दुवै सहमत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
india-china

काठमाडौँ – कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुनेछ। योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुनेछ। तर, यसको मिति भने आइसकेको छैन।

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुईदिने बैठकमा यी दुई प्रमुख निर्णय भएको बताइएको छ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो। यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध थियो। जुन २०२० मा भारत र चीनबीच डोकलाम विवादका कारण र मार्च २०१९ मा कोविडको पहिलो लहरले यो बन्द गरिएको हो।

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो। त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए।

त्यसयता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटेपछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको थियो।

कोरोनाअघि हरेक महिना ५३९ सीधा उडान

कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५३९ सीधा उडान हुने गरेका थिए। तिनीहरूको कुल क्षमता १.२५ लाख सिटभन्दा बढी थियो। यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स जस्ता कम्पनीहरू सामेल थिए।

उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए। तर, यो यात्रा एकदमै महँगो थियो।

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो। उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख थियो।

सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए।

 

प्रकाशित: २०८१ माघ १५ गते मङ्गलबार ०८:५४
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना